एनआईसी एशिया बैंकको आग्रह: खातावालहरुले स्थायी लेखा नम्बर अद्यावधिक गरिदिनुस्

मंगलबार, २२ फागुन २०८०, ०८ : ५०

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर अद्यावधिक गर्न आह्वान गरेको छ। 

एक सूचना जारी गर्दै बैंकले ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गुर्नपर्ने भएकाले ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्नका लागि आग्रह गरेको हो । 

ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई‘ई–टीडीएस’रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले उल्लेख गरेको छ । प्यान नम्बर अद्यावधि भएपश्चात ग्राहकहरुको कर कट्टीको विवरण सो नम्बरबाट प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ ।  

मंगलबार, २२ फागुन २०८०, ०८ : ५०

प्रतिक्रिया