काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजारले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजारले बढेर १ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मुल्य तोलाको १४ सय ४५ रुपैयाँ कायम रहेको छ ।
प्रतिक्रिया