चीनमा २४ प्रतिशतले आईफोनको बिक्रीमा गिरावट

२ महिना अगाडि

काठमाडौँ  - अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले निर्माण गर्ने आईफोनको बिक्री चीनमा २४ प्रतिशतले घटेको छ ।काउन्टरपोइन्टले गरेको एक अध्ययनका अनुसार पछिल्लो ६ हप्तामा चीनमा आईफोनको बिक्रीमा २४ प्रतिशतको गिरावट आएको हो । अनुसन्धान गर्ने कम्पनी काउन्टरपोइन्टले जनाए अनुसार "आईफोनले चिनियाँ मोबाइल फोन हुवावेसँग कडा चुनौतीको सामना गर्नुपरेका कारण पनि बिक्रीमा गिरावट आएको हो । "आईफोनको बिक्रीमा गिरावट आउँदा हुवावेको बिक्री भने ६४ प्रतिशतले बढेको छ ।

२ महिना अगाडि

प्रतिक्रिया