काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्यलाई मनोनीत गरिएको छ।
महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेका हुन् । आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।
यसअघि २ कार्यकाल कार्यकारिणी समिति सदस्य रही सकेका आचार्यले महासंघमा रोजगारदाता परिषद्को उप सभापति एवम् उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालेका छन्।
प्रतिक्रिया