एनआईसी एशिया क्यापिटलले ल्यायो : ‘बम्पर अफर’

बुधबार, २३ फागुन २०८०, १४ : १८

काठमाडौँ - एनआईसी एशिया क्यापिटलले सात वर्ष पुरा गरेको अवसरमा ‘सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ सार्वजनिक गरेको छ । उक्त अफर फागुन २२ देखि आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ ।


ग्राहकले ७ रुपैयाँमा एक वर्षको लागि लगानी व्यवस्थापन सेवा लिन सक्नेछन् । एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ को सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) मा योजनाअवधिभर सहभागि हुने इकाईधनीमध्ये ७ जना इकाईधनीले पाँच सय रुपैयाँ बराबरको क्यापिटलको तर्फबाट एसआइपी रजिष्ट्रर गरी एसआइपी बुस्टरको सुविधा उपलब्ध गराइनेछ ।योजनाअवधिभर सहभागी हुने पहिलो ७ वटा कम्पनीलाई मात्र सात रुपैयाँमा ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत आइपिओ जारी गर्ने तहसम्म पुर्‍याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ । क्यापिटलले ‘सात सय रुपैयाँमा लाइफटाइम डिम्याट नविकरण’ योजना ल्याएको छ । यो योजना एकसाताका लागि मात्र हुने क्यापिटलले जनाएको छ । आगामी असारमसान्तसम्म निशुल्क डिम्याट खाता खोल्ने योजना सार्वजनिक गरेको छ । क्यापिटलले एक साताको लागि ‘सात सय रुपैयाँमा लाइफटाइम मेरो सेयर नविकरण’ योजना ल्याएको छ । क्यापिटलले सातौं वार्षिक उत्सवको अवसरमा मात्र सात सय रुपैयाँमा पहिलो एउटा कम्पनीलाई ‘ओटीसी माकेर्ट’ मा सूचिकरण गरिदिने जनाएको छ ।


 


 

बुधबार, २३ फागुन २०८०, १४ : १८

प्रतिक्रिया