स्वास्थ्य उपकरण वितरणमा तीन तहको सरकारको समन्वय मिलेन : डा सुधा देवकोटा

२ महिना अगाडि


काठमाडौँ  -  कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले स्वास्थ्य उपकरण तथा औजार वितरणमा तीन तहको सरकार समन्वय नमिलेको बताइन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र ‘स्वस्थ महिलाः स्वस्थ मुलुक’ मा उनले केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय नमिलेको बताएकी छन्  ।

स्वास्थ्य उपकरण वितरणमा तीन तहको सरकारको समन्वय मिलेन स सचिव देवकोटाको भिडमा आइसियु चाहिन्छ भन्ने भान भयो । केन्द्रबाट दुरदराजसँगै सुनसरी, मोरङ अस्पतालमा पनि उस्तै किसिमको उपकरण पठायो, तर दुरदराजमा उपकरण चलाउने मान्छे छैन्,’ उनले भनिन्, ‘त्यस्ता ठाउँमा उपकरण स्टोरमा छन् । पहिला सामान ल्याउने अनि सामान राख्ने घर बनाउने त्यसपछि मात्रै उपकरण चलाउने डाक्टर खोज्ने हाम्रो सिस्टम छ । त्यसकारण केही ठाउँमा उपकरण थन्किएका पनि हुन सक्छ ।’ यद्यपी अस्पताललाई अलपत्र पाने प्रदेश सरकारको नीति नरहेको उनले स्पष्ट पारिन् । ‘प्रदेशले सकेसम्म हरेक तहमा आफ्नो तहको सेवा दिन लागि परेका छौं, मानव संसाधानको समस्या भएको हो,’ उनले भनिन्, ‘सरकारी अस्पतालमा सेवा पाइदैन र प्राइभेटमा पाइन्छ तर डाक्टर एउटै हो । विश्वासको कुरा हो । आफ्नो दृष्ट्रिकोण र आफूलाई नबदलिकन आफ्नो सेवा र अस्पताल बदलिदैन ।’ ‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।
 

२ महिना अगाडि

प्रतिक्रिया