नेपालीको औसत बाँच्ने अवधि, के फरक पर्छ ?

१ हप्ता अगाडि

काठमाडाैँ- नेपालीको औसत बाँच्ने अवधि (आयु) बढेर ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले ‘राष्ट्रिय जनगणना, २०७८’ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचक सार्वजनिक गर्दै नेपालीको आयु बढेको जानकारी दिएको हो ।  ०६८ को राष्ट्रिय जनगणनामा नेपालीको औसत आयु ६६.६ वर्ष थियो । औसत आयुले देशको समग्र आर्थिक, सामाजिक, जीवनको गुणस्तरलाई सूचकका रूपमा राखिएके कार्यालयले जनाएको छ ।

औसत आयु बढ्दै जाँदा मानव जीवनस्तरमा समेत वृद्धि भएको रूपमा बुझ्न सकिने उनको भनाइ छ । कार्यालयका अनुसार ०३८ सम्म नेपालीको औसत आयु ४९.८ वर्ष थियो । ०४८ मा बढेर ५४.३ प्रतिशत पुगेको थियो । त्यसपछि ०५८ मा ६०.४ वर्ष र ०६८ मा ६६.६ वर्ष पुगेको थियो ।  महिलाको औसत आयु ७३.८ वर्ष पुगेको  तथ्यांकले जनाएको छ । पुरुषको तुलनामा महिलाको औसत आयु ५।६ वर्ष बढी रहेको तथ्यांक सार्वजनिक भएको छ । महिलाको औसत आयु ७३.८ वर्ष पुगेको छ भने पुरुषको ६८.२ वर्ष कायम रहेको हो । ०३८ मा महिलाको औसत आयु ४८.१ वर्ष, ०४८ मा ५३.५ वर्ष, ०५८ मा ६१.६ वर्ष र ०६८ मा ६८ वर्ष थियो । त्यस्तै, ०३८ मा पुरुषको औसत आयु ५०.९ वर्ष, ०४८ मा ५५ वर्ष, ०५८ मा ६१.१ वर्ष, ०६८ मा ६५.४ वर्ष पुगेको थियो 

१ हप्ता अगाडि

प्रतिक्रिया