काठमाडौँ - मकवानपुरको बकैया गाउँपालिकाको कान्तिराजपथ सडकमा कार दुर्घटना हुँदा घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्ड अन्तरगत बकैया – १२ ठिङ्गनमा दुर्घटनामा परेको हो ।
ग ३ च ९४७५ नम्बरको कार दुर्घटना भएको हो। दुर्घटनमा घाइते तीनजना मध्ये बारा रौतहट मौलापुर नगरपलिकका ६ बस्ने १७ वर्षका विवेक शाह, भिमफेदी गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ६५ वर्षका प्रेम बहादुर ब्लोनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।दुर्घटनामा घाइते भएका कार चालक निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षको सन्दिप शाहको हेटौंडाको सहकारी अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया