काठमाडौँ - बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत महामहिम डा। डेनियल मेउलीले शिक्षा तालिम केन्द्र धुलिखेलमा आज मिति २०८० फागुन २३ गते वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन एवम् डिजिटल प्लेटफर्मको संयुक्त रुपमा उद्घाटन गर्नुभयो छ।
उक्त केन्द्रमा सञ्चालन गरिएको वृत्ति मार्गनिर्देशन सेवा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहित युवाहरूलाई व्यक्तिगत र सामूहिक परामर्श मार्फत प्रदान गरिनेछ । वृत्ति मार्ग निर्देशन सेवाबाट पेशाको बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न‚ पेशा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्दत गर्नेछ। वृत्ति मार्गनिर्देशन सहजकर्ता र मनोविज्ञानमा ज्ञान भएको परामर्शकर्ताहरुबाट सेवा प्रदान हुनेछ । त्यसै गरी प्रदेश मन्त्रालयको वेबसाइटमा रहेको डिजिटल प्लेटफर्ममा योग्यता परीक्षण गरि उनीहरूको रुचि, खुबी र श्रम बजारको मागको आधारमा सम्भावित वृत्ति मार्गहरू पहिचान गरिनेछ । प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा विद्यालय र रोजगार सेवा केन्द्र मार्फत यो सेवा विस्तार गर्ने छ । उद्घाटन कार्यक्रमको प्रमुख अभिभावक एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानले दक्ष र समर्पित व्यक्तिको विकासमा वृत्ति मार्गनिर्देर्शन महत्त्वपूर्ण छ त्यसैले स्थानीय सरकारसँगको सहकार्यमा सेवाको सुदृढीकरण र विस्तार गर्न प्रदेश सरकारले आवश्यक स्रोत सधानको व्यवस्था गर्न प्रतिबद्ध छ । प्रदेश सरकारले वृत्ति मार्गनिर्देर्शन सेवा स्थानीय तहसँगको समन्वय र सहकार्यमा सञ्चालन गर्न प्रदेशको शिक्षा नीतिमा यसलाई समावेश गरिएको बताउनु भयो छ ।नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत महामहिम डा डेनियल मेउलीले भन्नुभयो, “स्विट्जरल्याण्डले शिक्षा, नवप्रवर्तन र युवा सशक्तिकरणमा गहिरो प्रतिबद्धता गरेको छ। वृत्ति मार्गनिर्देर्शन सेवा केन्द्रले शिक्षा र रोजगारी बीचको खाडललाई कम गर्न, सूचना एवम् तथ्याङ्कका आधारमा युवाहरुले निर्णयहरू लिन र उनीहरूको व्यक्तिगत र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने अवसरहरू प्रयोग गर्न सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ।“
भेरा रेन्ट्स BIZ Bern (स्वीजरल्याण्डको वृत्ति मार्गनिर्देशन केन्द्र)को प्रबन्धकले स्विस शिक्षा प्रणाली र कानूनमा वृत्ति मार्गनिर्देशन कसरी समावेश गरिएको छ भन्ने विषयमा र फ्यूचर क्याप्टन्स इन इन्डियाका संस्थापकर सीईओ श्री तमिलसेल्भान महालिंगमले भारतीय युवाहरूमा वृत्ति मार्गनिर्देशन र सरकारको भूमिकाबारे आफ्नो अनुभव र दृष्टिकोण अनलाइन प्रस्तुतीकरण गर्नुभएको थियो । नेपालको सन्दर्भमा काठमाडौं विश्वविद्यालय शिक्षा विद्यालयका डीन प्रा डा बालचन्द्र लुइटेल‚ शिक्षा‚विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा भीष्मकुकार भूसाल, बुढानीलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख र वृत्ति मार्गनिर्देशन शिक्षक बीच एक प्यानल छलफल भएको थियो । विद्यार्थी र युवाहरूका लागि वृत्ति मार्गनिर्देशनको महत्त्व, नेपालको शिक्षा क्षेत्रको रूपान्तरणमा यसको सम्भावित योगदान र सेवा विस्तारको लागि सहकार्यका बारेमा प्यानल छलफल भएको थियो । उक्त छलफलको सञ्चालन दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना प्राविधिक सहयोग इकाइका टिम लिडर रविन्द्र बहादुर सिंहले गर्नु भएको थियो । वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन सम्बन्धी प्रदेश सरकारले शुरु गरेको अभ्यास कार्य दिशाका सम्बन्धमा सामाजिक विकास मन्त्रालयको उपसचिव खुविराम अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियो भने प्रदेश सचिव डा भीष्मकुमार भूसाको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन भएको थियो भने स्वागत मन्तव्य तालिम प्रमुख रुद्रहरी भण्डारीले गर्नु भएको थियो । यसै गरी मध्यपुर ठिमि नगरपालिकाका शिक्षा अधिकृत ज्ञानेन्द्र भट्ट र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख जवारलाल हमालले आफ्नो विचार व्यक्त गर्नु भएको थियो । यसै गरी हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टरले मन्तव्य राख्नु भन्नु भएको थियो । नेपाल र स्वीट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय संझौता बमोजिम सञ्चालन भएको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (ENSSURE) र सामाजिक विकास मन्त्रालयको संयुक्त प्रयासमा वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन गरिएको हो।
प्रतिक्रिया