सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

विहीबार, २४ फागुन २०८०, ११ : ११

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।  यसैगरी, तेजावी सुनको मुल्य हिजो (बुधवार) तोलाको १ लाख २९ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । त्यस्थै चाँदीको मुल्य भने तोलामा ३० रुपैँयाले बढेको छ । आज चाँदीको मुल्य तोलाको १४ सय ७० रुपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैँयामा किनबेच भएको थियो ।

विहीबार, २४ फागुन २०८०, ११ : ११

प्रतिक्रिया