काठमाडौं- नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि आगामी फागुन २९ गते अनलाइन बोलकबोलमार्फत ‘विकास ऋणपत्र झ’ नामक विकास ऋणपत्र (८ वर्षे) बिक्री गर्न लागेको हो ।
यो ऋणपत्रको निष्कासन मिति फागुन ३० गते र साँवा भुक्तानी २०८८ फागुन ३० गते रहेको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया