काठमाडौं - कर्णाली प्रदेशकै ठूलो उद्योग भनिएको सूर्यतारा सिमेन्ट उद्योग प्रालिले चुनढुंगा खानी उत्खनन् अनुमति पाएको छ । तर प्रदेश सरकारले सहजीकरणका बाँकी काम नगर्दा उद्योगका काम अघि बढ्न सकेको छैन।
कर्णाली सरकारले उद्योगलाई आवश्यक पर्ने सडक र बिजुली कारखाना स्थलसम्म नपुर्याउँदा उद्योगले गति लिन नसकेको सञ्चालक मुकुन्द तिमिल्सिनाले बताए। फागुन २३ गते सूर्यतारा सूर्यतारा सिमेन्ट उद्योगले प्रतिस्पर्धाबाट सुर्खेतको बाह्रताल गाउँपालिकाको लमखली चुनढुंगा खानी उत्खनको लाइसेन्स पाएको कम्पनीका सञ्चालक तिमिल्सिना बताउँछन्। उनले भने, ‘खानी तथा भूगर्भ विभागले जारी गरेको बोलपत्रमा हामी भाग लिएर सबैभन्दा बढी रकम कबुल गरेर उक्त चुनढुंगा खानी सूर्यतारा सिमेन्ट उद्योगले पाएको हो ।’कर्णाली प्रदेशमा उत्पादन गरेर सुदूरपश्चिम क्षेत्रमा सिमेन्ट आपूर्ति गर्न सुर्खेतको पञ्चपुरी गाउँपालिका चौकुनामा कारखाना स्थापनाका लागि लगानी बोर्डले सूर्यतारालाई स्वीकृति दिएको हो। उद्योगका लागि कैलाली लम्कीचुहाबाट २६ किलोमिटर लामो १३२ केभी प्रसारणलाइनमार्फत बिजुली आपूर्ति गर्नुपर्ने हुन्छ। उद्योगलाई २० मेगावाटभन्दा बढी बिजुली आवश्यक पर्नेछ।तिमिल्सिनाका अनुसार सिमेन्ट उद्योगले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँमा सो चुनढुंगा खानी पाएको हो। प्रतिस्पर्धामा विभागले सूर्यतारालाई ९१.६० अंक दिएर छनौट गरेको छ।
कर्णालीकै ठूलो उद्योग स्थापनामा सरकारी अवरोध, स्रोत बाँडफाँट कारण देखाएर तमासा १उद्योग सुर्खेत पञ्चपुरीस्थित चौकुनामा स्थापना हुन लागेको हो। उक्त क्षेत्रमा सडक, बिजुली पुर्याउने प्रतिवद्धता कर्णाली सरकारले लिएको सञ्चालक तिमिल्सिनाले बताए। उनले भने, हालसम्म कर्णालीमा कुनै पनि उद्योग नभएकाले यो उद्योग सञ्चालनमा प्रदेश सरकारले विषेश ध्यान पुग्नु आवश्यक छ।’ उद्योगको पूर्वाधार स्थापना गर्न १४ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने तयारी रहेको सञ्चालक तिमिल्सिनाले जानकारी दिएका छन्। उद्योग स्थापनाका लागि लगानी बोर्डसँग समझदारी ९एमओयु० गर्न बाँकी छ।२०७८ चैत १७ मा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५०औं बैठकले सूर्यतारा सिमेन्ट उद्योग स्थापना गर्न १४ अर्ब २७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको थियो। सूर्यतारा सिमेन्टले कारखाना स्थापना र क्लिंकर उत्पादन पूर्वाधारमा उक्त लगानी गर्ने तयारी गरेको थियो।
प्रतिक्रिया