काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पु¥याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
महिला वर्गलाई लक्षित यस कार्ड मार्फत गरिएको खरिदमा बैंकलेकारोबार रकमको ०.१०% महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ । यो नवीनतम योजनाले नगद रहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अह्मभुमिका खेल्ने बैंकले विश्वास लिएको छ ।यस कार्डको बारे विस्तृत जानकारीका लागि सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित कुनै पनि माध्यमहरुबाट सम्पर्क गरी प्राप्त गर्न सक्नु हुनेछ।
फोन नं : ०१–५९७००२०
इमेल : [email protected]
हेल्पडेस्क : www.siddharthabank.com/helpdesk
भाइबर : https://chats.viber.com/siddharthabankcustomercare
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा - ५ एक्स्टेन्सन् काउन्टर सहित ७३ शाखारहित बैँकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्च स्तरीय एवं प्रविधि मैत्री सेवा बैंकिङ्ग प्रदान गर्दै आएको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दैबैंकले ‘सिद्घार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।
प्रतिक्रिया