काठमाडौँ - गोरखाको शहिदलखन गाउँपालिका –२ ढाँडबारीमा रहेका मगर समुदायले मनकामना मगर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् । यही फागुन १ गतेबाट स्थानीय किसानले गाउँमा उत्पादन गाउँमा नै बेच्न सामुदायिक होमस्टे सञ्चालनामा ल्याएको मनकामना मगर सामुदायिक होमस्टेका अध्यक्ष शिब राना मगरले जानकारी दिनुभयो ।
मनकामनामा मन्दिरमा दर्शन गर्न आउने पाहुनालाई मध्यनजर गर्दै मनकामना सामुदायिक होमस्टेको सेवा लिन सक्ने अध्यक्ष थापाले बताउनुभयो । बिशेषगरी होमस्टेमा आउने पाहुनालाई सुन्तलाबाट बनेको बिभिन्न प्रकारका खाद्यान्न, गाउँले परिवारमा रमाउन चाहनेहरुका लागि उत्कृष्ट गन्त्वय रहेको दाबी गर्नुभयो । मगर सामुदायिक होमस्टेमा अहिले पर्यटकको आकर्षण बढेको छ । मनकामना बजारमा रहेका होटलभन्दा पर्यटकले अत्यधिक मात्रामा होमस्टे रुचाउने गरेका छन् । आँबुखैरेनीबाट जम्मा १७० रुपियाँ गाडीभाडा तिरेर पुगिने ढाँडबारी गाउँबाट गोरखाका बिभिन्न ठाउँ र तनहुँको अधिकांश ठाउँहरुको दृश्य अबलोकन गर्न पाइन्छ । हाल जम्मा १० घरले सञ्चालन गरेको होमस्टेमा ४० जना पाहुना राख्न सक्ने क्षमता छ । यस होमस्टेले गाउँको बिकासको लागि पनि टेवा पुग्ने अध्यक्ष राना मगरले बिश्वास ब्यक्त गर्नुभयो । होमस्टे सञ्चालनका लागि शहिदलखन गाउँपालिका र लुथरन वल्र्ड रिलिफको साझेदारीमा सीप बिकास र अन्य प्राबिधिक सहयोगमा होमस्टे सञ्चालकले ६५ दिनसम्म तालिम लिएका थिए । मगर समुदायले नाच्ने गरेको नाच समेत सिकेका छन् । अहिले यस होमस्टेमा पाहुनाको स्वागतमा मनकामनामा उत्पादन भएको सुन्तलाको जुुस र यहाँको स्थानीय साँस्कृतिक कार्यक्रममा प्रयोग हुने अल्कोहल समेत कोसेलीको रुपमा लैजान सकिने भएको छ । चिसो हावापानीमा फलेका गेडागुडी यहाँनजिक रहेको कोसेली घरमा पाउन सकिन्छ ।
भौगोलिक र बातावरणीय आकर्षणले गर्दा पनि यस होमस्टेमा शान्तसँग बस्न कुनै योजना निर्माणको कामका लागि उपयुक्त स्थान भएको स्थानीय बुद्धिजिबी पुष्पराज दाहालको भनाइ छ । अहिले गोरखाका सामुदायिक होमस्टेमा सेबा, सत्कार र पाहुनाको रोजाइमा पर्न सक्ने प्रमुख गन्त्वयको रुपमा बिकास हुँदैगएको पाइएको छ । शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरलले होमस्टे भनेको खाना बस्न मात्र नभइ त्यस ठाउँको कला संस्कृतिको संरक्षणका लागि पनि मनकामना मगर सामुदायिक होमस्टे सञ्चालन आबश्यकता रहेकाले गाउँपालिकाले सहकार्य गरेको उहाँले बताउनुभयो । त्यस्तै, यस होमस्टे जिल्लाकै उत्कृष्ट सामुदायिक होमस्टे बन्नेमा ढुक्क रहेका वडा २ का वडा अध्यक्ष सकुन थापा मगरले बिश्वास ब्यक्त गर्नुभयो । त्यस मनकामना सामुदयिक मगर होमस्टबाट मनकामना मन्दिर पुग्न ७ देखि ९ मिनेट पैदालयात्रा गर्नुपर्छ । मन्दिरबाट प्रसिद्ध बक्रेश्वर महादेबको मन्दिर र सिद्ध लखन गुफा पनि पुग्न सकिन्छ । अहिलेको समयमा त्यस ठाउँमा लालीगुराँस फुलेर मनमोहक दृष्य देखिन्छ ।
प्रतिक्रिया