काठमाडौंः महिला लघुवित्तको वार्षिक साधारण सभा आज फागुन २७ गते आइतबार बस्ने भएको छ।
सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले यस वर्ष लाभांश सम्बन्धी प्रस्ताव भने राखेको छैन् । सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ।
सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ। आर्थिक वर्ष २०७९–८० को वासलात,नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ ।
प्रतिक्रिया