सुनको मुल्य  प्रतितोला १ लाख २६ हजार रुपैयाँ

आइतबार, २७ फागुन २०८०, १० : ५७

काठमाडौं–आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य आज तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो बिहिवार छापावाल सुन १ लाख २५ हजार रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको मुल्य हिजो (शुक्रवार) तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै चाँदीको मुल्य भने तोलामा ५ रुपैँयाले बढेको छ ।

आज चाँदीको मुल्य तोलाको १४ सय ७५ रुपैयाँ कायम रहेको छ । शुक्रवार चाँदी प्रतितोला १४ सय ७० रुपैँयामा किनबेच भएको थियो ।


 

आइतबार, २७ फागुन २०८०, १० : ५७

प्रतिक्रिया