लड्केश्वर महादेवको कोटीहोममा आज राष्ट्रपति जादैँ

आइतबार, २७ फागुन २०८०, १२ : ००

काठमाडौँ- काभ्रे जिल्लाको एक पर्यटकिय गन्तव्य बोकेको धार्मिक रुपले प्रशिद्ध स्थल लड्केश्वर महादेव मन्दिरको प्राङगणमा भईरहेको कोटि होममा आज राष्ट्रपति जाने भएका छन् । 

 

जिल्लाकै धार्मिक महत्व बोकेको लड्केश्वर महादेव पनौति नगरपालिका वडा न. ११ बल्थलीमा अवस्थित छ । यस मन्दिरमा हरिबोधनी एकादशिको दिन बर्षेनी ठ्लो मेला लाग्ने गरेको छ । हेर्दा अतिनै मनोरम द्दृश्य देखिने यस मन्दिर परिसरमा विश्वको सबैभन्दा अग्लो त्रिशुल (१०८फिट) रहेको छ । 

ladke

प्राकृतिक सुन्दरताले , प्राकृतिक छटाले भरिपूर्ण नेपालको एक धार्मिक पर्यटकीय रमणीय र आनदित ठाउँ छ । यस ठाउँमा अहिले राष्ट्रिय कोटीहोम चलिरहेको छ यस दिव्य अनुष्ठानमा दिन दिनै भक्तजनहरुको भिड लाग्ने गरेको छ ।  फागुन २ गते देखि शुरु भएको यस दिव्य कोटिहोममा आज राष्ट्रपतिद्धारा पुँजा आरधना गर्ने कार्यक्रम रहेको छ ।

1710051342599

 

आइतबार, २७ फागुन २०८०, १२ : ००

प्रतिक्रिया