काठमाडौँ - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भएर बनेको सामुदायिक लघुवित्तको सिइओमा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् ।
यसैगरी कम्पनीको सञ्चालक समितिमा संस्थापकतर्फ अध्यक्षमा नन्द कुमार महर्जन नियुक्त भएका छन् भने अन्य सञ्चालकमा राजेश्वर अधिकारी, भुपेन्द्र गोपाल श्रेष्ठ र पुष्पराम श्रेष्ठ रहेका छन् । सर्वसाधारणतर्फ सञ्चालकमा नवीन शर्मा र निर्मला नेपाल रहेका छन् भने स्वतन्त्र सञ्चालकमा तीर्थरत्न कोनाजो रहेका छन् । दुई लघुवित्तबीच एक आपसमा गाभ्नेरगाभिने कार्य सम्पन्न भई फागुन १४ गते देखि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ । बिपिडब्लुको १०० कित्ता बराबर सामुदायिक लघुवित्तको ८५.३५ कित्ता कायम हुनेगरी मर्जरको स्वाप रेसियो कायम गरिएको छ ।
प्रतिक्रिया