पाकिस्तानबाट मुस्लमान टोली योग र ध्यान सिक्न काठमाडौँ आउँदै

आइतबार, २७ फागुन २०८०, १३ : ००


काठमाडौँ -  योग तथा ध्यानप्रति आकर्षित हुँदै गएको पाकिस्तानको मुस्लमान  समुदायको एउटा टोली योग र ध्यानको अध्ययन र प्रशिक्षण लिन काठमाडौँ आउने भएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले कम्तिमा १ सय जना पाकिस्तानी योग र ध्यानका लागि छिट्टै नेपाल आउने जसले नेपालको पर्यटन प्रवद्र्धनमा मद्त पुग्ने बताएका छन् । 

 


‘उनीहरु योग र ध्यान सिक्न, प्रयोग गर्न र सीप विकास गर्न आउने तयारीमा छन’ उनले  भनेका छन्  । यसअघि इस्लामावाद स्थित नेपाली दूतावासले ‘विपश्यनाः तनाव व्यवस्थापन र राम्रो विश्वका लागि आन्तरिक शान्ति’ शीर्षकमा कार्यक्रम आयोजना गरी योग र ध्यानबारे प्रशिक्षित गरेको थियो । त्यसक्रममा राजदूत अधिकारीले तक्षशिला र तख्त–१ बही र पाकिस्तानका अन्य ठाउँहरुमा विपश्वनाका प्रमाणहरुबारे जानकारी गराएका छन् । नेपालले लामो समयदेखि परम्पराका रुपमा अभ्यास गरिरहेको योग र ध्यान सबैका लागि उपयोगी हुने उनको भनाई रहेको छ । उनले योगा र ध्यान अराजनीतिक, अधार्मिक र मानवको जीवन उपयोगी रहेको बताएका छन्  ।  विपश्यना शिक्षक खगेश्वर अर्यालले पनि विपश्यनाको महत्वबारे प्रकाश पारेका छन्  । कार्यक्रममा पाकिस्तानी सरकारका अधिकृतहरु, व्यापारिक गृहका प्रमुख, मानवस्रोत विभागका व्यवस्थापक, योग शिक्षक र प्रयोगकर्ताह्ररु उपस्थित थिए ।

आइतबार, २७ फागुन २०८०, १३ : ००

प्रतिक्रिया