यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिती (पुर्णपाठ सहित )

आइतबार, २७ फागुन २०८०, १५ : ५०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ । माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ भने आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेकोछ ।

कुल विदेशी विनिमय सञ्चिति रु.१८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु.५६७ अर्ब ४० करोड रहेको छ । उच्च गतिको विप्रेषण (रेमिट्यान्स) वृद्धि रोकिँदा माघमा चालु खाताको वृद्धि पनि रोकिएको छ । चालु आर्थिक वर्ष (आव) २०८०र८१ सुरुबाट नै रेमिट्यान्स उच्च दरमा बढेको र आयात वृद्धि नहुँदा चालु खाता र शोधनान्तर बचत उललेख्य बढेको थियो । माघमा शोधनान्तर बचत बढे पनि चालु खातामा भएको वृद्धि रोकिएको नेपाल राष्ट्र बैंककको तथ्यांकले देखाएको छ । पुस मसान्तमा १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको चालु खाता माघमा १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । गत आव २०७९र८० को सात महिना (माघ मसान्त) मा चालु खाता ४० अर्ब १६ करोडले घाटामा थियो ।

त्यस्तै, माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ । गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेकोमा यो माघ महिनामा २.८७ प्रतिशत विन्दुले कमी भएको हो । मुलुकको विदेशी मुद्रा सञ्चिति करिब साढे १८ खर्ब रहेको देखिएको छ।

तथ्यांकअनुसार २०८० असार मसान्तमा रु. १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा रु। १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ।

यस्तो छ पुर्णपाठ :

आइतबार, २७ फागुन २०८०, १५ : ५०

प्रतिक्रिया