वैदेशिक लगानी बढ्यो

आइतबार, २७ फागुन २०८०, १६ : ००

 

 

 

काठमाडौँ -  चालु वर्षमा प्रत्यक्ष वैदेशिक लगानी बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको सात महिनाको अवधिमा प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब १८ करोड रूपैयाँले धनात्मक देखिएको छ।

यो सात महिनाको अवधिमा फिर्ता भएको लगानीको तुलनामा आएको बढी रकम हो। गत वर्षको सात महिनाको अवधिमा भने यस्तो लगानी एक अर्ब चार करोड रूपैयाँले मात्रै धनात्मक रहेको थियो ।  यस हिसाबले प्रत्यक्ष वैदेशिक लगानी गत वर्षको सात महिनाको तुलनामा यस वर्ष चार अर्ब ३१ करोड रूपैयाँ बढेको हो । उद्योग विभागको तथ्यांक अनुसार यस वर्ष प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता पनि बढेको छ।

आइतबार, २७ फागुन २०८०, १६ : ००

प्रतिक्रिया