पर्यटन आयमा वृद्दि

आइतबार, २७ फागुन २०८०, १६ : ०६


काठमाडौँ -  चालु वर्षको सात महिनामा पर्यटक भ्रमणबाट ३२ अर्ब २४ करोड विदेशी मुद्रा भित्रिएको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार यो वर्ष भ्रमण आयमा उल्लेख्य सुधार आएको छ। नेपाल आउने पर्यटकको संख्या बढेसँगै गत वर्षको सोही अवधिको तुलनामा भ्रमण आय १०७ प्रतिशतले बढेको हो ।

 

गत आर्थिक वर्षको सात महिनामा १५ अर्ब ५४ करोड रूपैयाँ भ्रमण आय भएको थियो। त्यस्तै नेपालबाट विदेशमा भ्रमण गर्न जानेहरू पनि बढेका छन्। यस्तो संख्या बढेको कारण भ्रमण व्यय पनि ५६।६ प्रतिशले बढेको छ। सात महिनाको अवधिमा भ्रमण व्यय ६२ अर्ब ५७ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस मध्ये शिक्षा तर्फको व्यय ४३ अर्ब ७४ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रहेको थियो।

आइतबार, २७ फागुन २०८०, १६ : ०६

प्रतिक्रिया