नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आठ खर्ब ३९ अर्ब रेमिटेन्स भित्रियो

आइतबार, २७ फागुन २०८०, १६ : १४

काठमाडौँ - चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ८ अर्ब ३९ अर्ब रूपैयाँको रेमिटेन्स आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो अघिल्लो वर्षको तुलनामा २१. ६ प्रतिशतले बढेको छ ।

 

गत आर्थिक वर्षको पहिलो सात महिनामा ६ अर्ब ८९ अर्ब रेमिटेन्स आएको थियो । समग्र रेमिटेन्स बढे पनि वृद्धिदर भने घटेको छ । गत वर्ष पहिलो सात महिनामा रेमिटेन्स २७ प्रतिशतले बढेको थियो । भने चालु वर्षको पुस महिनासम्म २५.२३ प्रतिशत बढेको हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ५८ हजार ५४० रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख १४ हजार ७६७ र एक लाख ६७ हजार ७०८ रहेको थियो।

आइतबार, २७ फागुन २०८०, १६ : १४

प्रतिक्रिया