काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले क्लासिक भ्यु रिसोर्टमा लगानी गरेको छ । ग्लोबल इक्विटी फन्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको उक्त फन्डले लक्जरी किसिमको यो रिसोर्टमा लगानी गरेको हो ।
काठमाडौं बूढानीलकण्ठ पहाडमा अवस्थित क्लासिक भ्यु रिसोर्ट लक्जरी पर्यावरण मैत्री रिसोर्ट हो । हाल रिसोर्ट निर्माण अन्तिम चरणमा रहेको छ । २०२४ जुनमा ‘सफ्ट ओपनिङ’ गर्ने गरी काम भइरहेको रिसोर्टले जनाएको छ । शिवपुरी जंगलको रमणीय दृश्यसाथ पर्यटकलाई अनुपम अनुभव प्रदान गर्ने यो उच्चस्तरको पर्यावरणमैत्री रिसोर्ट भएको कम्पनीको दाबी छ । फन्डबाट प्राप्त रकम रिसोर्ट निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकल अनुरूप अन्तर्राष्ट्रिय फ्रान्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिने बताइएको छ ।यस लगानीबाट एनआईआईएफले प्रिमियम लक्जरी पर्यावरणमैत्री रिट्रिट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको लगानीकर्ताले बताएका छन् । ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा। मनिष थापाले यस साझेदारी नेपालमा दिगो पर्यटन विकास प्रवद्र्धन गर्ने प्रतिबद्धताको एक उदाहरण भएको बताएका छन् । ‘रिसोर्ट घरेलु र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘हाम्रो यो लगानीले आकर्षक प्रतिफल दिनेमात्र नभई स्थानीय अर्थतन्त्र र समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने गरी नेपालको पर्यटन क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुयाउनेमा हामी विश्वस्त छौं ।’
प्रतिक्रिया