काठमाडौँ । आज फागुन २८ गते सोमबारका दिन सेयर बजार बन्द हुने भएको छ। साथै बैंक वित्तीय संस्था समेत बन्द रहने छ ।
आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार अन्य संस्थाहरू बन्द हुनेछन् । अब सेयर बजार मङ्गलवार बिहान ११ बजे मात्र खुल्नेछ।
राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होसार’ का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनले स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्रीले ग्याल्पो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री दाहालले पूर्वी हिमाली क्षेत्रलगायत देशका विभिन्न भूभागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
प्रतिक्रिया