सुन भाउ स्थिर

सोमबार, २८ फागुन २०८०, ११ : ५१

काठमाडौं- साताको दोस्रो कारोबार दिन सुन भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ हजार ४७५ रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार, २८ फागुन २०८०, ११ : ५१

प्रतिक्रिया