निजी स्वास्थ्य संस्थाबाट बिमा गरेमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

१ महिना अगाडि

काठमाडौं – स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा लिएमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । २४ फागुनमा बसेको स्वास्थ्य बिमा बोर्डको बैठकले सह भुक्तानी कार्यविधि संशोधन गर्दै निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिनेहरूले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो ।


निजी स्वास्थ्य संस्थामा निःशुल्क लक्षित समूह र आकस्मिक सेवा लिन जानेका हकमा भने यो व्यवस्था लागु हुने छैन । यसअघि सह भुक्तानी कार्य विधि अनुसार बिमितले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा १० प्रतिशत कोपेमेन्ट शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको थियो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले १५ शैय्यासम्मका आधारभूत अस्पतालमा भने सह भुक्तानी व्यवस्था लागु हुने छैन । १५ शैय्यामाथिका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा सेवा लिनेहरूले १० प्रतिशत सह भुक्तानी गर्नुपर्नेछ । बैठकले यसअघि ४ वटा साइकलमा हुने स्वास्थ्य बिमालाई ६ वटा साइकल बनाउने, चक्रको अन्तिममा पारिवारिक विवरणहरू परिवर्तन गर्ने, प्रत्येक महिना भर्चुअल बैठक गर्ने, नियमावलीको अनुसूचीमा रहेको जागिरे १ प्रतिशत तलबबाट १ प्रतिशत रोजगारदाताले गर्नेमा बढीमा १० हजार रुपैयाँसम्म खर्च भन्ने शब्द हटाइएको छ । यस्तै, बोर्डको बैठकले स्वास्थ्य बिमा नियमावलीमा रहेका केही बुँदा संशोधन गर्ने प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय गरेको पनि उनले जानकारी दिए । साथै, बैठकले निजी अस्पतालहरू, मेडिकल कलेजहरू, आँखा अस्पताल, राष्ट्रिय स्तरका प्रयोगशालाहरू आवश्यकताअनुसार नियमअनुसार बिमामा आबद्ध गर्दै जाने निर्णयसमेत गरेको डा।बसौलाले जानकारी दिए ।

१ महिना अगाडि

प्रतिक्रिया