काठमाडौं- साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ११०० रुपैंयाले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहँदै १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया