छुट्ला है ! यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

मंगलबार, २९ फागुन २०८०, ०८ : २३

काठमाडौँ : माउन्टेन इनर्जी नेपाल र नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार फागुन २९ गते अन्तिम दिन रहेको छ ।

दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधबार फागुन ३० गते बुक क्लोज गर्ने मिति निश्चित भएको छ । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै शेयर धनी बन्नुपर्छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १३ गते साधारण सभा बोलाएको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । नेसनल लघुवित्तले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । 

उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुने कम्पनीको जानकारी छ । 

मंगलबार, २९ फागुन २०८०, ०८ : २३

प्रतिक्रिया