काठमाडौँ- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने भएको छ ।
फागुन ८ गते बेलुका ५ बजे बसेको सो लघुवित्तको सञ्चालक समितिको १४३ औं बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकले २०८० असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत समेत गरेको छ । बैठकले अन्तिम स्वीकृतिका लागि सबै वित्तीय प्रतिवेदनहरु राष्ट्रबैंकमा पेश गर्ने निर्णय गरेको छ।
_nvrURPabbk.png)
प्रतिक्रिया