महिला लघुवित्तको अध्यक्षमा कुवँर चयन

मंगलबार, २९ फागुन २०८०, १३ : ५२

काठमाडौँ- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुवँर चयन भएकी छन् । संस्थाको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।  

उनलाई संस्थाको छैटौं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालकहरुमध्ये बाट अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । उक्त सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालक पुनःनिर्वाचित भएका छन् । नवनिर्वाचित हुने सञ्चालकमा तारा कुवँर, माया भण्डारी,सुभाष जमरकटेल र डा।इमान सिंह गुरुङ रहेका छन् । 

मंगलबार, २९ फागुन २०८०, १३ : ५२

प्रतिक्रिया