तीन कम्पनीको वार्षिक साधारण सभा आज, के के छन् एजेन्डा ?

१ महिना अगाडि

काठमाडौं- आज विभिन्न तीन कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । आज कृषि विकास बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र नेसनल हाइड्रोपावर कम्पनीले सभा बोलाएका हुन् ।

बैंक र हाइड्रोपावर कम्पनीले गत आवको नाफबाट लाभांश नदिने भएका छैनन् भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश दिने भएको छ । कृषि विकास बैंकले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने छ । बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव छ । सभाका लगि बैंकले फागुन १७ गतेदेखि बुक क्लोज गरिसकेको छ । फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

नेसनल हाइड्रोपावर कम्पनीले आज सभा डाकेको छ । सेयरधनीलाई लाभांश नदिइ सभा डाकेको हो । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभाका लागि मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आज सभा बोलाएको छ । सभाले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ । फागुन १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

१ महिना अगाडि

प्रतिक्रिया