सुनको मूल्य घट्यो, आजव कतिमा हुदैँछ कारोबार

बुधबार, ३० फागुन २०८०, १० : ४५

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य आज तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो मंगलबार छापावाल सुन १ लाख २६ हजार रुपैयाँ कायम रहेको थियो ।


यसैगरी, तेजावी सुनको मुल्य हिजो ९मंगलबार० तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै आज चाँदीको मुल्य तोलाको १४ सय ६५ रुपैयाँ कायम रहेको छ । शुक्रवार चाँदी प्रतितोला १४ सय ८५ रुपैँयामा किनबेच भएको थियो ।

बुधबार, ३० फागुन २०८०, १० : ४५

प्रतिक्रिया