२० अर्बभन्दा बढी रकम खाने तेलका लागि बाहिरिने

बुधबार, ३० फागुन २०८०, ११ : ५६

काठमाडौँ - खाने तेलका लागि नेपालबाट बर्सेनि २० अर्ब बढी रुपैयाँ बाहिरिने गरेको छ ।  चालु आर्थिक वर्षको सात महिनामा मात्रै १ करोड १८ लाख किलो तेलजन्य बाली आयात भएको भन्सार विभागको तथ्याङ्क छ । सो बराबर १० अर्ब ७३ करोड ६९ लाख ८६ हजार रुपैयाँ बाहिरिएको छ  ।

 

यस्तै, गत आर्थिक वर्षमा २०७९र०८० मा २३ करोड किलोको तेलजन्य बाली आयात भएको थियो । सो बापत २४ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बराबर रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७८र०७९ मा ३७ करोड किलो बराबर तेलजन्य बाली आयात हुँदा ३२ अर्ब ९१ करोड १३ लाख रुपैयाँ बाहिरिएको तथ्याङ्कमा उल्लेख छ । नेपालमा भटमास, सूर्यमुखी, तोरी, बदाम, तिल लगायत विभिन्न तेलजन्य बाली आयात हुन्छ । ती बाली भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत विभिन्न मुलुकबाट आयात हुने भन्सार विभागको तथ्याङ्क छ । 
 

बुधबार, ३० फागुन २०८०, ११ : ५६

प्रतिक्रिया