हिमालयन बैंक लिमिटेडको दुई शाखा स्थानान्तरण

बुधबार, ३० फागुन २०८०, १३ : ४४


 काठमाडौँ  - हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका दुई शाखालाई स्थानान्तरण गरेको छ । बैंकले गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौँडा पुर्‍याएको छ ।

 

 स्थानान्तरण गरिएको शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले उद्घाटन गरेका हुन् ।  यसैगरी, बैंकले कावासोती शाखा–२ लाई पनि नवलपुरकै गोछडामा स्थानान्तरण गरेर सेवा सुचारु गरेको बैंकले जनाएको छ । हाल बैंकले देशभरमा एक सय ७४ शाखा, २० विस्तारित काउन्टर, दुई सय ६४ एटिएम, ६ हजार पाँच सयभन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । 

बुधबार, ३० फागुन २०८०, १३ : ४४

प्रतिक्रिया