वालिङका कृषकलाई प्रति लिटर दूधमा १० रुपैया अनुदान दिने

बुधबार, ३० फागुन २०८०, १६ : ०२

काठमाडौँ  - वालिङ नगरपालिकाले कृषकलाई प्रति लिटर दूधमा १० रुपैया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०र८१ को विनियोजित बजेट मार्फत दूधमा आत्मनिर्भर कार्यक्रम तथा गाई-भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्थाबीच सम्झौता भएको नगरप्रमुखले जानकारी दिएका छन् । 


अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको  पास बुककोमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दूधमा १० रुपैया उपलब्ध गराउनेछ । नमुना कृषि सहकारीले नगरपालिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दूध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेका एक महिनामा दुई पटक संकलित दूधको विवरण वालिङ नगरपालिकालाई विवरण उपलब्ध गराउने छ । दूधको मूल्य नेपाल सरकारले तोकेको  फ्याट र एसएनएफ को आधारमा मूल्य निर्धारण गर्ने छ ।सम्झौतामा हस्ताक्षर गर्दै नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाई अनुदान दिँदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न उत्साहित हुने विश्वास व्यक्त गरेका  छन्  । 

 

वालिङ नगरपालिकाले गाइ पाल्ने कृषकलाई अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी गराएका छन् । स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरूको आकर्षणका निम्ति नगरपालिकाले बजार व्यवस्थापनको ग्यारेन्टीसँगै औषधि, बिमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिएका  छन् । कृषकहरूको सहजतालाई मध्यनजर गर्दै दूध संकलन केन्द्र हालको लागि वालिङ नगरपालिका वडा न - १२ धनमुढा, वडा न १४ फौदिखोला, वडा न - ४ को एलादिमा राख्ने र दूधको उत्पादनको आधारमा संकलन केन्द्र स्थापना गर्ने अकला नमुना कृषि सहकारी संस्थाका अध्यक्ष पुण्य प्रसाद अर्यालले जानकारी दिएका छन् । वालिङ नगरपालिका भित्र ७०० घरधुरीले गाइरभैँसी पालेर औसतमा दिनको ५०० लिटर दूध उत्पादन गरि बजारमा बेच्ने नगरपालिकाको कृषि शाखाले अनुमान गरेको छ । 


 
 

बुधबार, ३० फागुन २०८०, १६ : ०२

प्रतिक्रिया