काठमाडौँ - माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपर मार्केटहरूमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट प्राप्त गर्ने बैंकले बताएको छ ।
बैंकका अनुसार ग्राहकले डेबिट कार्डमार्फत कारोबार गर्दा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै क्रेडिट कार्डमार्फत कारोबार गरेको खण्डमा अधिकतम २०० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले बताएको छ ।यो क्यास ब्याक बिगमार्टका रामबजार, पर्स्याङ, बगर, शीतलादेवी र फूलबारीस्थित शाखाहरूमा उपलब्ध रहेको बैंकले बताएको छ ।माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायीक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रबर्द्धनमा सघाउ पुग्ने बैंकको विश्वास छ ।साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम् डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया