काठमाडौँ - सिमकोट जिल्लाको दक्षिणी क्षेत्रका एउटा गाउँपालिका चालु वर्ष कृषि क्षेत्रका लागि आठ करोडभन्दा बढी लगानी गरेको पाइएको छ। कृषि क्षेत्रका लागि ‘एक बगैँचा अनेक स्वामित्व’ कार्यक्रम सफल तुल्याउन यो लगानी गरिएको हो।गाउँपालिका अध्यक्ष लालकेश जैसीले गाउँपालिका फलफूल हब बनाउनका लागि मनग्य बजेटको व्यवस्था गरिएको बताएका छन्।
फलफूल खेतीको राम्रो सम्भावना रहेको गाउँपालिकाका पाँच वटै वडामा पकेट क्षेत्र तोकेर उचाइ अनुसार फलफूल खेती सुरु गरिएको छ । पकेट क्षेत्रमा एक सय रोपनी भन्दा बढी क्षेत्रफलको जग्गालाई घेरवार गरेर बिरुवा लगाउने कार्य गरिएको हो । वडाको उचाइ अनुसार अग्ला वडाहरुमा स्याउ र ओखरका बिरुवा लगाइएको छ। त्यो भन्दा केही तल कागती खेती सुरु गरिएको छ भने केही होचा क्षेत्रमा केरा र सुन्तला लगाइएको छ। फलफूल हबका लागि मुख्यमन्त्री रोजगारको कार्यक्रमबाट एक करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६९ लाख, गाउँपालिकाको सहलगानीबाट दुई करोड ८२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रम (लिजा) चार करोड २३ लाख लगानी गरिएको छ।
उनले गाउँपालिकालाई फलफूल हब निर्माण गर्न गाउँपालिकाले हाल सम्मकै ठूलो बजेट लगानी गरेको बताएका छन्। गाउँपालिकाका सबै वडा राष्ट्रिय सडक सञ्जालसँग जोडिसकेको र हाल यातायातका साधन सामान ढुवानी गरेर आउने तर खाली फर्कने अवस्था रहेको कारण पनि फलफूल हबको अवधारणा अगाडि सारिएको हो। यसबाट गाउँपालिकाका स्थानीयको आम्दानीको राम्रो श्रोत हुने बिस्वास गरिएको हो । मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट छनौट भएका लक्षित वर्गका किसानबाट काम गराइएको छ । विगतमा जस्तै मुख्यमन्त्री र प्रधानमन्त्री रोजगारको बजेट कामका लागि काममा भए जस्तो नभई यस वर्ष दीर्घकालीन सकारात्मक असर पर्ने गरी लगानी गरिएको छ। यसबाट किसानहरुको बगैँचामा घेरवार गर्ने, बिरुवा रोप्ने, सिँचाइको सुबिधा पुगेको छ । गाउँपालिकाले हालसम्म पाँचै प्रकारका फलफूलका बिरुवा गरि उनानतीस हजार रुपियाँ फलफूल बगैँचा हबमा लगाउन भएको र बिरुवा पनि लागि सकेको जनाएको छ। यसबाट सिंगो गाउँपालिका फलफूल हबका रुपमा अगाडि बढाउने लक्ष्य गाउँपालिकाको छ। संभावन भए पनि यस अघि यसरी पकेट क्षेत्रका रुपमा फलफूल खेतीका लागि बिकास नगरिदा लगानी बालुवामा मिसिएजस्तो देखिएको थियो
प्रतिक्रिया