काठमाडौँ - ब्यांक तथा वित्तीय संस्थालाई एपीआई म्यानेजमेन्ट सिस्टम उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेस्ट ब्यांकबीच समझदारी भएको छ।
समझदारी पत्रमा ब्यांकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, एभरेस्ट ब्यांकलाई वान प्वाइन्टले एपीआई म्यानेजमेन्ट सिस्टम ९एपीआईएमएस० उपलब्ध गराउनेछ। यसले ब्यांकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने बताइएको छ। एभरेन्ट ब्यांकमा हालसम्म १४ लाखभन्दा बढी ग्राहक छन्। देशभर १२८ शाखा संजाल, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, १६४ एटीएम रहेका छन्।
प्रतिक्रिया