काठमाडौं- चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा वाणिज्य बैंकहरूले साढे ३५ अर्ब रुपैयाँ बराबरको नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघसम्म २० वटा वाणिज्य बैंकहरूले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ बराबर खुद नाफा गरेका हुन् ।
वाणिज्य बैंकहरुले मध्ये नबिलले सबैभन्दा धेरै नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकले ७ महिनामा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा गरेको हो । यस्तै, दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।
तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । समिक्षा अवधिमा धेरै नाफा कमाउनेको चौथो स्थानमा भने प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ३८ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यस्तै, समिक्षा अवधिमा एभरेष्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा गरेका हुन् । यस अवधिमा सिटिजन्स बैंकले ९९ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकले ९५ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
प्रतिक्रिया