सुनको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार

विहीबार, ०१ चैत्र २०८०, ११ : १७

काठमाडौँ  -  आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँको वृद्धि आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा ८०० रुपैयाँले बढेर कारोबारमा आएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र १ लाख २४ हजार ४०० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा १५ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो । यो प्रतितोला ५० रुपैयाँको वृद्धि हो ।
 
 

विहीबार, ०१ चैत्र २०८०, ११ : १७

प्रतिक्रिया