काठमाडौँ - कोरोना महामारीपछि थला परेको बिस्तारै पुष्प व्यवसाय सप्रिँदै गएको छ । कोभिड अगाडि पुष्प व्यवसायको कारोबारको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारीमा थियो । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङका अनुसार आर्थिक वर्ष २०७५र७६ मा फूलको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ थियो ।
आर्थिक वर्ष २०७६र०७७ र आर्थिक वर्ष ०७७र७८ मा सो कारोबार खुम्चियो । ती आर्थिक वर्षमा कोभिड–१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनका कारणले १ अर्ब ६३ करोड रुपैयाँको मात्रै कारोबार भयो । कोभिड महामारीका कारण नकारात्मक असर पर्न गई सो वृद्धिदर खुम्चिन पुग्यो । तर पुनः आर्थिक वर्ष २०७९र०८० पछि पुष्प व्यवसाय सप्रिँदै गएको तामाङले बताएका छन् । आर्थिक वर्ष २०७८र०८९ मा कोभिड–१९ को असर केही कम हुँदा समग्र व्यावसायिक तथा आर्थिक क्षेत्रहरू केही चलायमान र सुधारोन्मुख भए । आर्थिक वर्ष २०७७र०७८ को तुलनामा करिब ३० प्रतिशतले व्यवसायमा वृद्धि भयो । त्यतिबेला २ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा कारोबार भएको तामाङले उल्लेख गरे । आर्थिक वर्ष ०७९र८० मा ३ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी फुलको कारोबार भएको थियो । आर्थिक वर्ष २०७८र०७९ को तुलनामा आर्थिक वर्ष ०७९र८० मा करिब ३३.६३ प्रतिशतले वार्षिक कारोबारमा वृद्धि भएको छ ।
प्रतिक्रिया