प्यूठानको मल्लरानी र स्याउलिवाङमा पर्यटन महोत्सव हुँदै

१ महिना अगाडि

काठमाडौँ  - आगामी नयाँ वर्ष २०८१ मा प्यूठानको पर्यटकीय स्थल मल्लरानी र स्याउलिवाङमा पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ ।मल्लरानीमा पछिल्लो समय जिपलाइन सहित विभिन्न पर्यटकीय संरचना निर्माण भएकाले अघिल्लो वर्षभन्दा धेरै पर्यटक महोत्सव अवलोकन गर्न पुग्ने अपेक्षा  गरिएको छ ।

 

त्यसैगरी नौबहिनी गाउँपालिका –१ स्याउलिवाङमा तेस्रो नौबहिनी–कोठिभिर कृषि, पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवले जिल्लाकै अग्लो स्थान कोठिभिर ९३६५९ मिटर० को पर्यटन प्रवर्धन सँगै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । आयोजकले मेलाको तयारीको काम समेत अघि बढाएको छ । गत वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गाको शीरमा रहेको पर्यटकीयस्थल मल्लरानीमा नयाँ वर्षमा खाना महोत्सव सञ्चालन गर्न लागिएको छ । मल्लरानी बजार इलाकाले महोत्सव सञ्चालन गर्ने निर्णय गरिसकेको अध्यक्ष बासुप्रसाद श्रेष्ठले बताए । अघिल्लो वर्षभन्दा थप व्यवस्थित गरेर महोत्सव सञ्चालन गरिने उनको भनाइ छ ।जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको स्याउलिवाङमा चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म महोत्सव सञ्चालन हुने कोठिभिर विकास केन्द्र नेपालका अध्यक्ष पूर्ण बुढामगरले बताए ।

१ महिना अगाडि

प्रतिक्रिया