एक कम्पनीको वार्षिक साधारणसभा आज

शुक्रबार, ०२ चैत्र २०८०, ०८ : ०४

काठमाडौं- गोर्खाज फाइनान्सले आज वार्षिक साधारणसभा बोलाएको छ ।

आज अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट बित्तीसपुतलीमा हुने सभामा सेयरधनीको हात भने खाली बनाएको छ । कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

सभामा गत आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव रहेका छन् । सभामा पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका फागुन १८ गते बुक क्लोज गरेको छ । फागुन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

शुक्रबार, ०२ चैत्र २०८०, ०८ : ०४

प्रतिक्रिया