नेपालबाट भारतमा विद्युतीय माध्यमबाट पैसा पठाउन सकिने

१ महिना अगाडि

काठमाडौँ  - नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकासबैंकमा खोलेको बैंक खाताबाट भारत स्थित आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा सोझै रकम पठाउन सक्ने व्यवस्था गरेको छ ।

भारतीय श्रमिकहरूले नेपालबाट दैनिक १५ हजार भारतीय रुपैयाँसम्म नगद पठाउन सक्ने भएकोे  हो । भारतीय श्रमिकहरूले नेपालबाट दैनिक १५ हजार भारतीय रुपैयाँसम्म नगद पठाउन सक्ने भएका छन् ।यस्तै, भारतबाट नेपाली श्रमिकले पनि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकले व्यवस्था गरेको इन्डो–नेपाल रेमिटेन्स फ्यासिलिटी स्किमको अतिरिक्त नेपाली नागरिकले सहजै विद्युतीय बैंकिङ, मोबाइल बैंकिङ लगायतको सुविधामार्फत सोझै रकम पठाउन सकिने व्यवस्था गरेको छ । तर, नेपालीको हकमा रकमको सीमा तोकिएको छैन । तथापि, यस्तो रकमान्तर आबद्ध विद्युतीय बैंकिङ  (इ– बैंकिङ), अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ क्विक रेस्पोन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्विच (नेशनल पेमेन्ट स्विच) को माध्यममार्फत पठाउनुपर्नेछ ।  भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु एक लाखसम्म पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ । 

१ महिना अगाडि

प्रतिक्रिया