राष्ट्रिय वाणिज्य बैंकले 'अरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ आयोजना गर्दै

१ महिना अगाडि

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चू नौतीका विषयमा छलफल गर्न ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ आयोजना गरेको  छ ।                                       
‘राजनीति क परिवर्तनले जनताको  जीवनस्तरमा परिवर्तन नभइरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समे त समीक्षा गरी हामीले नयाँ ढंगले कार्य गरिरहेको छ,’ पुनले भने, ‘बैंकिङ्ग क्षेत्र जनताको र कमबाट सञ्चालित हुने भएकोले संस्थागत सुुशासन  कायम गर्न जोड दिनुपर्छ ।’ बैंकले अर्थतन्त्र र बैंकिङ  क्षेत्रमा दे खिएको चूनौतीलाई सम्बोधन गर्न र आगामी दिनमा दिगो बैंकिङ विकासका लागि  दि शा निर्देश गर्न कन्फ्रेरेन्सको आयोजना गरेको हो ।यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्र  सा द  अधिकारीले राष्ट्रिय वाणिज्य बैंक विभिन्न परिसूचकहरुको आधारमा सबल रहेको बताउँदै आफ्नो स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले बैंकिङ्ग  क्षेत्रले जनविश्वास कायम गर्नेगरी कार्य गर्नुपर्ने बताए । साना खराब कामले संस्थालाई असर गर्ने हुँदा सचेत भएर काम गर्नुपर्ने उनको भनाई छ ।


बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समग्र बैंकिङ्ग क्षेत्रको बारेमा अवगत गराए । उनले राष्ट्रिय वाणिज्य बैंकले दिगो व्यवसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रका बारेमा विभिन्न टिकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठिक रहेको बताए । उनले भने, ‘बैंकिङ्ग क्षेत्रको योगदानको लागि सम्मान व्यक्त गर्दछौं ।’ कन्फ्रेरेन्सको उद्घाटन गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारहरु निरन्तरताका आधारमा सञ्चालित भए पनि नीतिहरु आधारभूत रुपमा परिवर्तन नहुने बताएका छन् । यसैको आधारमा सरकारले नीति बनाएर सरकारले कार्य गर्ने बताउदै ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता हल्ला फैलाउने कुरा स्वीकार्य नहुने समेत बताए । 
 

१ महिना अगाडि

प्रतिक्रिया