एक कम्पनीले  २ आर्थिक वर्षको साधारण सभा एकैपटक गर्दै

१ महिना अगाडि

काठमाडौं- ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा एकैपटक गर्ने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको जनाएको छ । सभामा सेयरधनीलाई ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभामा २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीका विषयमा छलफल हुनेछ ।

सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज हुनेछ । चैत ८ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

१ महिना अगाडि

प्रतिक्रिया