मुक्तिनाथ बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागी साक्षरता कार्यक्रम सम्पन्न

आइतबार, ०४ चैत्र २०८०, १२ : २५


काठमाडौँ  - मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि विभिन्न स्थानमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टीका स्कुल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा स्कुल र कलेजका विद्यार्थी तथा शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । त्यसैगरी, बैंकले ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्यान्डनजिकको परिसरमा र सुर्खेतको वीरेन्द्रनगर–११ स्थित देउती बजै मन्दिरनजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।कार्यक्रममा बैंकिङ सेवा–सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खातालगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्‍याउने उद्देश्य बैंकले लिएको छ । 
 

आइतबार, ०४ चैत्र २०८०, १२ : २५

प्रतिक्रिया