२५ औँ फ्लोरा एक्पोमा करिब ८३ लाखको कारोबार

१ महिना अगाडि

काठमाडौँ - काठमाडौँको भृकुटीमण्डपमा जारी पुष्प मेलाको ४० हजार भन्दा बढीले अवलोकन गरेका छन् । आज साँझसम्म जारी रहने सो फ्लोरा एक्स्पोको ५० हजारले अवलोकन गर्ने अनुमान छ । चार दिनमा करिब एक करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

गत बिहीबारबाट सुरु भएको २५ औँ फ्लोरा एक्पोमा करिब ८३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। फ्यानको आयोजना तथा पुष्प विकास केन्द्रको सह-आयोजनामा सो मेला आयोजना गरिएको हो । सो मेलामा फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा , अफिसियल स्टल ८ वटा,  प्रतियोगितात्मक प्रदर्शनी १ स्टल र १ वटा फुड स्टलसहित जम्मा ७३ वटा स्टल रहने फ्यान उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए । मेला अवलोकनकर्ताले सर्वसाधारणले १५० रुपैयाँ र विद्यार्थीले १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजकले उल्लेख छ । 

 
 

१ महिना अगाडि

प्रतिक्रिया