ऋणी र बचतकर्तालाई सहकारी व्यवस्थापनको कार्यालयमा सम्पर्क गर्न आव्हान

१ महिना अगाडि

काठमाडौं - ललितपुरको पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ऋणी र बचतकर्तालाई समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा सम्पर्कमा आउन सूचना जारी गरिएको छ ।

सहकारी व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै बचतकर्ता तथा ऋणीलाई सम्पर्कमा आउन भनेको हो । लालीगुराँसलाई फागुन २९ गते समस्याग्रस्त घोषणा गरिएको थियो । सो पश्चात् उक्त सहकारीको सम्पत्ति तथा दायित्वको भुक्तानी कार्य सम्बन्धीको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयलाई दिइएको हो ।सहकारीले जनताको बचत दुरुपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि किन समस्याग्रस्त घोषणा नगर्ने भनेर सहकारी विभागले १५ माघमा स्पष्टीकरण सोधेको थियो ।

 सहकारीले चित्तबुझ्दो जवाफ नदिएपछि विभागले समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको थियो ।मन्त्रालयले फागुन २९ गते समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयलाई आवश्यक काम कारबाहीको जिम्मा दिइएको थियो ।कर्मचारी तथा सञ्चालकलाई उक्त सहकारीको कागजात पेश गर्न कार्यालयले भनेको छ । यस्तै ऋणीलाई पनि कार्यालयमा आएर ऋण चुक्ता गर्न र बचतकर्तालाई बचत फिर्ताको आवेदन माग भए पनि आवेदन दिई बचत फिर्ता लिन पनि समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयले भनेको छ ।

 

१ महिना अगाडि

प्रतिक्रिया